दफा १४
कार्यकारी निर्देशक

(१) बोर्डको प्रशासकीय प्रमुखको रुपमा एक कार्यकारी निर्देशक रहनेछ ।
(२) नेपाल सरकारले कार्यकारी निर्देशक पदमा उपयुक्त व्यक्तिलाई नियुक्ति गर्न वा तोक्न सक्नेछ ।
(३) कार्यकारी निर्देशकको पदावधि चार वर्षको हुनेछ र निज पुन बढीमा चार वर्षको लागि नियुक्त हुन वा तोकिन सक्नेछ ।
(४) कार्यकारी निर्देशकको पारिश्रमिक, सेवाको शर्त तथा सुविधा सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।